स्थानीय

बादी बालबालिकाहरुको विधालयमा निरन्तरता तथा शिक्षामा गुणस्तरियताको लागी स्थानिय सरकार र सरोकार राख्ने निकायको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Samayapati

बादी बालबालिकाहरुको विधालयमा निरन्तरता तथा शिक्षामा गुणस्तरियताको लागी स्थानिय सरकार र सरोकार राख्ने निकायको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट ) नेपालको आयोजनामा सम्पन्न भएकोछ ।
बाँकेको कोहलपुरमा जनप्रतिनिधि सरोकारवाला बादी समुदायका अगुवा विच बादी बालबालिकालाई बिधालयमा कसरी निरन्तर दिन सकिन्छ भन्ने विषयमा बृहत छलफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगर उप– प्रमुख संगिता सुबेदीले बादी बालबालिका मात्र नभई गरिब निमुखा सबैले निशुल्क रुपमा गुणस्तर शिक्षा पाउनु पर्ने बताईन । कोहलपुर नगर भित्र सबै सामुदायिक विधालयमा कक्षा बालशिक्षा देखि आधारभुत शिक्षा सम्म सबै बालबालिकाहरुलाई निशुल्क रुपमा शिक्षा प्रदान भएको बताइन । बादी बालबालिकाहरुका लागी माध्यमिक सम्म गुणस्तर शिक्षा प्रदान गर्न आफुले भुमिका खेल्ने बताइन । विधालय छोडेका बालबालिकाहरुलाई व्यवसायिक सिप प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त थिइन ।
राष्ट्रिय वादी संञ्जाल नेपालका अध्यक्ष केशब बादी (नेपाल) ले कार्यपत्र प्रस्तृत गदै बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाँउपालिकामा विधालय जाने बादी बालबालिका २०८१ को तथ्या¨ अनुसार छात्र २९ छात्रा ५५ विधालय जान छोडेको छात्र छात्रा १४ रहेको बताए ।
कार्यक्रम सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट ) नेपालका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास शाखा संयोजक इश्वरी प्रशाद विश्वकर्मा ,बैजनाथ गाँउपालिका वडा न. ३का वडा अध्यक्ष निखिल बैगार समेतको उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: आइतवार, जेठ २७, २०८१, ०६:२९:००
प्रतिक्रिया दिनुहोस्