स्थानीय

नेपाल पत्रकार महासंघ बाँकेको १४ औँ वार्षिक साधारण सभा नेपालगन्जमा सम्पन्न।

Samayapati

नेपाल पत्रकार महासंघ बाँकेको १४ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सचिव कमल डाँगीले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विनोद पौडेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बाँकेमा क्रियाशील एक दर्जन बढि पत्रकारलाई पुरस्कार तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पत्रकारिताको विकासका लागि उपमहानगरले संचार नीति बनाएको बताए । उनले हौसला प्रदान गर्न हरेक वर्ष दुई जना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने योजना सुनाए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पत्रकारको कलममा शक्ति भएको बताए । उनले देशमा भएका हरेक परिवर्तनमा पत्रकारले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । उनले भने, ‘एक चर्चित विद्वानले पत्रकार हुन नसकेकोमा आफूलाई पछुतो भएको भनाई सार्वजनिक गर्नु भएको थियो । उहाँ जस्तै मलाई पनि पत्रकार हुन नसकेकोमा पछुतो छ बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले पत्रकारिताको कलमले राष्ट्र र समाजलाई सत् मार्गमा डोर्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

उनले प्रहरी र पत्रकार वीच समन्वय र सहकार्य आवश्यक भएको औँल्याए । कार्यक्रममा जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द पाण्डे लगायतले विचार राखेका थिए ।


प्रकाशित मिति: आइतवार, जेठ २७, २०८१, ०७:१४:००
प्रतिक्रिया दिनुहोस्