अन्तर्राष्ट्रिय

गैरकानुनी रुपमा परदेशमा काम गरिरहेका महिलालाई घर फर्काउन आमकास नेपालको सहयोग ।

Samayapati

कात्तिक २४ 

 तपाईं घरेलु श्रमिकका रुपमा परदेशमा कार्यरत हुनुहुन्छ ? घर फर्कन चाहानुहुन्छ, तर कागजात छैन ? अवैधानिक बाटो हुँदै गएकाले समस्यामा पर्दा पनि घर फर्कन टिकटको जोहो गर्न सक्नुभएको छैन ? यदि यस्तो हो भने आमकास नेपालमा सम्पर्क गर्न सक्नुहुन्छ ।आमकास नेपालले विदेशमा कागजात बिहीन भएर काम गरिरहेका र घर फर्कन टिकट काट्ने रकम नहुँदा समस्यामा परेका महिला श्रमिकलाई स्वदेश फिर्तीका लागि टिकटसँगै काठमाण्डौमा पनि आवासको व्यवस्था गरेको छ ।महामारीको समयमा फर्कने नेपाली श्रमिकलाई पनि आवासको व्यवस्था तथा आवश्यक परामर्श र बिरामी वा अन्य समस्या भएका अस्पतालसम्म लगेर उपचारमा पनि सहयोग गरिरहेको आमकास नेपालकी अध्यक्ष संस्थाकी अध्यक्ष विजया राई श्रेष्ठले जानकारी दिनुभयो ।यो समयमा विभिन्न समस्यामा परेर फर्किएका महिलालाई मनोपरामर्शदेखि कानुनी सहयोग पनि प्रदान गरिरहेको आमकास नेपालले जनाएको छ । गैरकानुनी महिला श्रमिकलाई स्वदेश फिर्तीका लागि आउँदो डिसेम्बर १५ सम्म टिकटको व्यवस्था गरिदिनेछ । आमकास नेपालमा ९८४१४०४३३७ वा ०१४३७३९६३ मा सम्पर्क गर्न सकिन्छ ।

 

 

 


प्रकाशित मिति: सोमवार, कार्तिक २४, २०७७, १२:०५:००
प्रतिक्रिया दिनुहोस्