मनोरन्जन

"आमा-बाबाको सपना पूरा गर्न, पत्रकारितामा उज्यालो फैलाउँदैछु! (गजल)

Samayapati

 **गजल**

सजन कुमार आर.सी. जाजरकोट कुशे ९ पैक

  हाल कोहलपुर १०

माया नपाए के भो र,सपना उहाँहरूको पूरा गरें !

उहाँको माया बिना पनि, जीवनलाई उज्यालो भरें !!

 

उहाँको साथ नभए पनि,"म तारा जस्तै टाढा भए,!

तर उहाँकै सपना बोकेर, जीवनलाई सजाउँदै लए !!

 

अनि पत्रकारिता पेशा रोजें मैले, लेखें उहाँको कथा,!

सधै आँसु पिएर हाँसेँ, अनि बुनें नयाँ पथ र ब्यथा !!

 

सपनाहरु त तिनै हुन्, जुन अधुरो थियो उहाँको,!

तर म पूरा गर्दैछु, हरेक शब्दमा सम्झेर उहाँको !!

 

उहाँको माया बिना पनि, जिन्दगीमा जित्न सिकें,!

संघर्षकै बाटोमा हिँड्दै, हरेक चुनौतीलाई म टेकेँ !!

 

निरन्तर सपना पूरा गर्दैछु, तारामा खोज्दै उहाँको,

नयाँ संसार बनाउँदैछु, उहाँको नाममा चम्काउँदै।

 


प्रकाशित मिति: आइतवार, भदौ ३०, २०८१, ११:२७:००
प्रतिक्रिया दिनुहोस्