मनोरन्जन

गङ्गा जस्तै शुद्धता, जीवन जस्तै परिवर्तन बिर्सनु हुदैन! (गजल)

Samayapati

 निर्माला शर्मा ``निरु ´´

कोहलपुर बाँके हाल गुलरिया बर्दिया 

 

मैले आफ्नो धरातल बिर्सनु हुदैन थियो !

र जीवनको फेरबदल बिर्सनु हुदैन थियो !!

 

कहिँ बुझाइ त कहिँ सोचाइमा चुक्नु पर्ने,!

त्यो आइरहने प्रतिफल बिर्सनु हुदैन थियो !!

 

यकैनासको व्यवहार खोजिरहयो मनले,!

समय रहदैन अटल बिर्सनु हुदैन थियो !!

 

स्वार्थी हुन्छ्न मान्छे, स्वार्थ मात्र खोज्छन् !

यो दुनियाको चहलपहल बिर्सनु हुदैन थियो !!

 

सधैंभरि सङ्ग्लो मात्र कहाँ रहन्छ र, गङ्गा !

त्यो गङ्गाको जल कहिलै बिर्सनु हुदैन थियो !!


प्रकाशित मिति: आइतवार, भदौ ३०, २०८१, ०८:३५:००
प्रतिक्रिया दिनुहोस्