मनोरन्जन

यो स्वार्थको दुनियाँमा खेल्छन् मान्छेहरू! (गजल)

Samayapati

**गजल**

हिरा पाएर सुन बिर्सनेहरूलाई  स्वागत छ!

नुनको ऋण बिर्सने लाई पनि स्वागत छ!!

 

साथ दिने मान्छे आज समय संग बदलिए!

बिझाउँदा छनक बिर्सनेहरूलाई स्वागत छ!!

 

यो स्वार्थको दुनियाँमा खेल्छन् मान्छेहरू!

ऋण पाएर धर्म बिर्सनेहरूलाई स्वागत छ!!

 

भावनालाई पैसामा तोल्छन् मान्छेहरु यहाँ,!

मायालाई मूल्य बिर्सनेहरूलाई स्वागत छ!!

 

दोहोरो आबरणमा  छन् किन अचेल मान्छेहरु !

झन  हेराइमा मन बिर्सनेहरूलाई स्वागत छ!!


प्रकाशित मिति: आइतवार, भदौ ९, २०८१, ०६:५७:००
प्रतिक्रिया दिनुहोस्