मनोरन्जन

विश्वासका तिनै हातहरु बादल झै आजभोलि हराए! (गजल)

Samayapati

मेरो जिन्दगी पनि पीडाको तराजुमा तोलिएछ!

खुशीका ती सपना सबै आँसुमा पो घोलिएछ!!

 

फक्रिएला भनेर माया रोपें मैले  मनको बारीमा!

तर काँडाको झाडमा किन मेरो फूल पो बिस्रिएछ!!

 

विश्वासका तिनै हातहरु बादल झै आजभोलि हराए!

साथ दिनेहरू  दुनियाँको सम्झनामा त होलिएछन!!

 

समयको नदीले किनारा बगाउँदा मैले थाहा पाइनँ,!

तिनै भरोसाका किनारा अब खरानी पो पोतिएछ!!

 

हिँड्दा हिँड्दै जिन्दगीको बाटो यस्तो भएर आयो!

जहाँ घामको किरण पनि तिमी बिना ओइलिएछ!!


प्रकाशित मिति: आइतवार, भदौ २, २०८१, ०१:२४:००
प्रतिक्रिया दिनुहोस्