मनोरन्जन

गरीबको घरमा कहिले खुसी छाएन ! घरपरिवारको मुहार मलिन उस्तै छ !! (गजल)

Samayapati

समय उस्तै छ , अनि दिन उस्तै छ !!

सधैं झै यो दू:खको अधिन उस्तै छ !!

 

मन त थियो मीठो खाउ राम्रो लगाउ!

गरिबी उस्तै छ , खानपिन उस्तै छ !!

 

जेठो छोरो जिम्मेवारीको भारी शीरमा!

सकिन तिर्न साहूको ऋण उस्तै छ !!

 

गरीबको घरमा कहिले खुसी छाएन !

घरपरिवारको मुहार मलिन उस्तै छ !!


प्रकाशित मिति: शनिवार, भदौ १, २०८१, ०८:०६:००
प्रतिक्रिया दिनुहोस्