मनोरन्जन

सिहदरबार कानुन बनाउँछ कर्णालीमा नुन छैन ! (गजल)

Samayapati

हिमरत्न तिमल्सिना कालेश्र्व्र ४ ललितपुर

 

सदरमुकामबाट विरामी गाउँ आउँछ हेलिकप्टरमा !

कर्णाली अझै बाँचेकाेछ पुल र खच्चडकाे भरमा !!

 

सिहदरबार कानुन बनाउँछ कर्णालीमा नुन छैन !

किलाेका किलाे सुन आइपुग्छ तिम्राे सहरमा !!

 

वर्षाैं वितेर गए तर फेरिएन कर्णालीकाे मुहार !

पुल भाचियाे तुइन चुडियाे बाँचेका छन डरमा !!

 

सिहदरबारले अझै पढ्न सकेन सुदूर कर्णाली !

नुन विनाकाे तरकारी पाक्छ यहाँ घर घरमा !!

 

तिम्रो सहर पाे झिलीमिली छ कर्णाली पर्खाइमै छ !

बाटाे र बत्ती बिना कर्णाली बाँचेको छ निशाचरमा !!


प्रकाशित मिति: शुक्रवार, असार १, २०८१, ०५:०८:००
प्रतिक्रिया दिनुहोस्