मनोरन्जन

अब दोष कसलाई दिनु र मैले यहाँ ! आफ्नै भाग्य चुनौती बनेर बिग्रियो !! (गजल)

Samayapati

सनत रोकाय बिवश कुशे ८ जाजरकोट ,

 

ऐना  त  पत्थर माथि खसेर बिग्रियो !

अचानो खुकुरीको चोट खपेर बिग्रियो !!

 

चुलोमा पुगियो दाउराको संगतले आज !

दाउरा जस्तै जिन्दगी जलेर बिग्रियो !!

 

अब दोष कसलाई दिनु र मैले यहाँ !

आफ्नै भाग्य चुनौती बनेर बिग्रियो !!

 

गर्नु थियो मैले शत्रुलाई शत्रुकै व्यवहार !

मित्र जस्तो व्यवहार गरेर बिग्रियो !!

 

उ शालिग्राम बन्यो हेर समुद्रतिर बगेर !

म भने फोहोर नालीमा बगेर बिग्रियो !!


प्रकाशित मिति: बिहिवार, जेठ ३१, २०८१, ०८:१९:००
प्रतिक्रिया दिनुहोस्