मनोरन्जन

चुनाब जितेर कर्णालीमा फर्किएनन् नेताहरु ! (गजल)

Samayapati

सनत रोकाय  कुशे ८ कफल्ला जाजरकोट

 

तुइनलाई चढी स्कुल जान्छन कर्णालीमा !

बिकासको आश अझै मान्छन कर्णालीमा !!

 

फलाम खानी तामा खानी कर्णाली मै छ !

नुन बिनाको तिहुन खान्छन कर्णालीमा !!

 

चम्किने सुन्दर कर्णाली खिया लाग्यो आज !

बालुवामा सुनका टुक्रा छान्छन कर्णालीमा !!

 

तिम्रो सहरमा बङ्गुरले भात खाएर छोड्छ !

कन्दमुल खाएर जीवन धान्छन कर्णालीमा !!

 

चुनाब जितेर कर्णालीमा फर्किएनन् नेताहरु !

सिंह दरबारमा बसी के ठान्छन् कर्णालीमा !!

 

त्यहि एउटा आश पनि तुहिएर गयाे आज !

घाइते घोडा, खच्चड तान्छन कर्णालीमा !!


प्रकाशित मिति: सोमवार, जेठ २८, २०८१, ०५:१३:००
प्रतिक्रिया दिनुहोस्