मनोरन्जन

तिमिले दिएको मुटु भित्रको निशानी गजब छ ! (गजल)

Samayapati

 

सनत रोकय बिवश कुशे ८ कफल्ला जाजरकोट

 

कालो रात पछि,आउने सुन्दर बिहानी गजब छ !

दुनियाँलाई लोभ्याउने तिम्रो त्यो जवानी गजब छ !!

 

दहि  बनाउछ,  ठेकिले भने दुधलाई  जमाएर !

त्यही दहिलाई छेदबिछेद पार्ने मदानी गजब छ !!

 

हर थोकलाई भस्म गर्छ आगोलाई खतरा भन्छन् !

तर आगोको राप माथी रमाउने खरानी गजब छ !!

 

बाहिर देखिने घाउलाई त मलमले निको पारे  !

तिमिले दिएको मुटु भित्रको निशानी गजब छ !!

 


प्रकाशित मिति: बिहिवार, जेठ २४, २०८१, ०३:२५:००
प्रतिक्रिया दिनुहोस्